घाम नै चाहिंदो छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छ पैह्रो र बाढी कतै वज्रपात ।
छ गैह्रो व्यथा पीर को तीव्र घात ।।
त्यहीँ पुग्नुपर्ने छ उद्धारकर्ता ।
छ जो देश को मुख्य हर्ता र कर्ता ।।
 
कसैको छ भूकम्प ले त्रस्त प्राण ।
कसैको भने दम्भ ले ग्रस्त प्राण ।।
कतै आपदा माथि नै आपदा छन् ।
कतै सम्पदा माथि नै सम्पदा छन् ।।
 
धनी निर्धनी छन् यहाँ भाइभाइ।
यसै भिन्नता ले बढेको छ खाई ।।
यहाँ सेतु बन्ने कुनै शक्ति आओस् ।
कुनै बुद्ध जस्तो महान् व्यक्ति आओस् ।।
 
छ नेपाल मा वेदना को समुद्र ।
गरीबी सँगै भोक ज्वाला छ उग्र ।।
यहाँ प्रेम पीयूष बर्षाउनै छ ।
जलेको मरुद्यान सर्साउनै छ ।।
 
मसीहा बनोस् क्वै यहाँ एक यस्तो ।
कुनै देव को दूत या देव जस्तो ।।
उधारोस् सबै शोक या रोग गाह्रा ।
सुधारोस् कुना कन्दरा चोक साह्रा ।।
 
यहाँ कृष्ण या राम नै चाहिंदो छ ।
उज्यालो दिने घाम नै चाहिंदो छ ।।
भए स्वप्न देखाउने बात चर्का ।
भरोसा हुँदो काम नै चाहिंदो छ ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016