चतरा धाम को महिमा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो हो आदि वराह को गहकिलो , प्राकट्य गर्ने स्थल
बग्छिन् नित्य यहीँ तरङ्गित बनी , ती कौशिकी निर्मल
गर्छन् वर्णन शास्त्र ले अघि सरी , माहात्म्य यो धाम को
एस्तो दिव्य वराह क्षेत्र चतरा , हो कृष्ण को राम को
 
कस्तूरी सँग हुन्छ वास मधुरो , ऊ खोज्छ अन्तै तिर
मान्छे भित्र प्रकाश हुन्छ गहिरो , ऊ खोज्छ अन्तै तिर
उस्तै निर्मल पुण्य भूमि चतरा , यो देश को माझ छ
एस्तो अद्भुत धाम पावन त्यजी , मान्छे कहाँ भाग्दछ ?
 
बस्छन् सन्त जहाँ उही समय मा , त्यो बन्छ तीर्थस्थल
गर्छन् उद्यम सन्त ले जुनसुकै , त्यो बन्छ ऊर्जा बल
आई सन्त महान् जगत् गुरु यहीँ , सत्साधना गर्नुभो
नेपालै भरि तीर्थ का चहकिला , सम्भावना भर्नुभो
 
बाधा या व्यवधान बीच गुरु ले , यो कुम्भ मेला गरी
कैयौं शास्त्र प्रमाण का वचन ले , सत्यार्थ नौलो छरी
हाम्रो वैदिक धर्म संस्कृति पुनः ,झन् दर्बिलो गर्नुभो
माटो को महिमा गुरुत्व गरिमा , झन् गर्बिलो गर्नुभो
 
राधाकृष्ण उपासना हर घडी , गर्दै र बढ्दै उहाँ
मीठो प्रेमिल भावना हृदय मा , भर्दै र बढ्दै उहाँ
सारा मानव जाति को प्रकृति को , गर्दै जगन्मङ्गल
यौटा बालक सन्त आउनुभयो , हर्दै अहम् औ छल
 
एस्तो दिव्य पवित्र ठाउँ सबले , चाँडै गरौं दर्शन
यो क्षेत्रै भरि शास्त्र का अमृत का , खस्छन् अनेकौं कण
आफ्नो जन्म गरेर धन्य मन ले , सेवा गरौं ईश को
सच्चा कर्म र धर्म बर्द्धन गरी सेवा गरौं देश को
 
कृष्णा का तट को र देव मठ को ,हूँ व्यक्ति सानो म त
सच्चा साधु र सन्त को हृदय को , चाहन्छु न्यानो म त
पाऊँ सद्गुरु को अनुग्रह भनी, आएँ म यो धाम मा
कुम्भस्नान गरेर निर्मल बनी , फर्किन्छु है काम मा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016