चरी को दु:ख
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पानी पर्दा , गर्दछन् के चरी ले ?
आँधी चल्दा , गर्दछन् के चरी ले ?
हाँगा टुट्दा,गूँड उड्दा कि खस्दा
बोटै ढल्दा , गर्दछन् के चरी ले ?
 
अण्डा खस्छन् ,फुट्दछन् ती चरी का
कोही चल्ला , लुट्दछन् ती चरी का
कैले रित्ता , काख हुन्छन् चरी का
पीडा - मर्का , लाख हुन्छन् चरी का
 
कैले ठण्डी , पर्छ सारो तुषारो
कैले गर्मी , बाँच्न नै हुन्छ गाह्रो
झेल्छन् पीडा , ती नबोली नबोली
गर्छन् क्रीडा , माधुरी कण्ठ खोली
 
रुन्छन् होला , ती नखाई नखेली
धुन्छन् होला , आँशु ले ती परेली
को सुन्ला खै , ती चरी को कहानी ?
को बुझ्ला खै , दर्दिलो जिन्दगानी ?
 
कैले पैह्रो , बन्छ यो जिन्दगी नै
कैले सम्मो , हुन्छ यो जिन्दगी नै
यो जानेरै , दु:ख झेल्छन् चरी ले
नाच्दै नौला , खेल खेल्छन् चरी ले

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016