चियाएर वैशाख ले सुस्त हेर्दा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पहेंला पुराना सबै पात झर्छ्न् !
नयाँ निम्ति आफ्नो पद-त्याग गर्छन् !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
बुटापात ले भव्य सन्देश छर्छन् !!
 
सुनौलो कला ईश ले रच्न थाल्छ !
सबै सृष्टि शृङ्गार ले सज्न थाल्छ !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
जगत्मा कुनै बाँसुरी बज्न थाल्छ !!
 
चरी कोइली मौनता भङ्ग गर्छे !
सजाएर डाँफे नवै रङ्ग भर्छे !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
वसन्ती प्रभा बेसरी दङ्ग पर्छे !!
 
कतै आँकुरा खुल्न लाई तयार !
कतै कोपिला फुल्न लाई तयार !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
बिछोड्नेहरू मिल्न लाई तयार !!
 
जुरेली चरी प्रेम ले मन्द बोल्छन् !
चखेवा चखेवी मिठो छन्द खोल्छन् !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
जगत्-जीव ले स्वप्न का रङ्ग घोल्छन् !!
 
नदी ले चतुर्वेद नै बोलिदिन्छ!
महान् सृष्टि को भेद नै खोलिदिन्छ !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
युवा मा नशा प्रेम को घोलिदिन्छ !!
 
धसेका थिए ती कलेजी छुरा त !
फुटेका थिए ती हजारौं चुरा त !!
चियाएर वैशाख ले सुस्त हेर्दा -
नयाँ साल मा हुन्छ केही कुरा त !!
 
 
भुजङ्गप्रयात

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016