चीसो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नसा छ चीसो रगतै छ चीसो
युवाहरू को जगतै छ चीसो
यहाँ वहाँ काम गराइ चीसो
विकास को वाम सराइ चीसो
 
न नेत्र मा स्वप्न छ स्वर्ण बन्ने
न भीम बन्ने न त कर्ण बन्ने
न कण्ठ मा गीत छ देश को नै
न चित्त मा प्रीत छ देश को नै
 
छ आश चीसो अनि सास चीसो
छ गास या वास कपास चीसो
प्रकाश चीसो छ विकास चीसो
अभ्यास चीसो छ प्रयास चीसो
 
न ज्योति बाल्ने जन - शक्ति नै छ
मोती निकाल्ने न त व्यक्ति नै छ
विधर्म ले आज निल्यो स्वधर्म
परन्तु हामी बिच छैन शर्म
 
फलाम चीसो छ ढलोट चीसो
बुनोट चीसो छ बनोट चीसो
अमीन चीसो छ जमीन चीसो
कानून चीसो अनि नून चीसो
 
को बोक्छ मुर्दा जब व्यक्ति छैन ?
को गर्छ पर्दा जन - शक्ति छैन ?
नेतृत्व भोगी छ विलास गर्छ
लुटेर यो देश खलास गर्छ
 
हिमाल चीसो छ पहाड चीसो
मधेश को ढाड र हाड चीसो
कतै नहोस् अग्नि र घाम चीसो
ढलोट चीसो र फलाम चीसो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016