छाता बनौँ है
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पानी परेमा शिर माथि छेक्ने ।
छायाँ दिँदै घाम र राप थेग्ने ।।
छाता बनौं है उपकार गर्ने !
कसै नहौँ है अपकार गर्ने !!
 
क्वैली चरी ले न त चोर्छ राग ।
न फूल ले चोर्छ मिठो पराग ।।
कोही नहौँ चोर - चकार गर्ने !
छाता बनौं है उपकार गर्ने !!
 
प्राणी न राख्छन् धन भोलि लाई ।
न ती थुपार्छ्न् सुन भोलि लाई ।।
लोभी हुनै हुन्न डकार गर्ने !
छाता बनौँ है उपकार गर्ने !!
 
न बोट ले फल्दिनँ भन्छ कैल्यै ।
न दीप ले जल्दिनँ भन्छ कैल्यै ।।
नहौँ कहीं कत्ति नकार गर्ने !
छाता बनौँ है उपकार गर्ने !!
 
कला निखारौँ र गला निखारौँ ।
पलापला खेत - खला निखारौँ ।।
हौँ सिर्जना मा अधिकार गर्ने !
छाता बनौं है उपकार गर्ने !!
 
समानता को सब मा छ नाता
अहो ! विधाता सरि पो छ छाता
उही छहारी जब घाम हुन्छ
ठूलो झरी मा पनि ओत दिन्छ !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016