छात्रावास को जीवन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छात्रावास गएर पढ्न न परोस् , बाबा ! कुरा बुझ्नुहोस् ।
मायाँहीन भएर सड्न न परोस् , आमा ! व्यथा बुझ्नुहोस् ।।
बाबा को दिलदार प्यार म त्यहाँ , खोज्दा कतै भेट्दिनँ ।
आमा को मुटु को अपूर्व ममता ,खोज्दा कतै भेट्दिनँ ।।
 
खाना मिल्छ रुखा सुखा तर दया मायाँ विना को त्यहाँ ।
छाना मिल्छ ; परन्तु हुन्छ दिल को छाया विना को त्यहाँ ।।
साथी छन् तर बारबार घर नै,सम्झन्छु मैले किन ?
जाती छन् सब नै परन्तु घर नै,कल्पन्छु मैले किन ?
 
आमा को ममता पिएर घर मा,पढ्ने थियो चाहना ।
बाबा को प्रियता लिएर घर मा,बढ्ने थियो भावना ।।
यो छाती भरि गुम्सिईकन रह्यो,इच्छा यसै मारियो ।
तिम्रो भोलि भविष्य उज्ज्वल बनोस् ,भन्दै उहीँ छाडियो ।।
 
छाती भित्र दबाउँदै दुखहरू,वर्षौं बिताएँ त्यहाँ ।
पीडा मात्र चबाउँदै हरघडी,केके चिताएँ त्यहाँ ।।
आमा को सपना न जान्न म सकेँ,क्रीडा न जान्नै सकेँ ।
बाबा को पसिना न बुझ्न म सकेँ,पीडा न बुझ्नै सकेँ ।।
 
यो छाती रुखिँदै गयो कि त कतै,संवेदनाहीन भै !
यो आत्मा भुटिँदै गयो कि त कतै,सञ्चेतनाहीन भै !!
विद्या पढ्न सकेँ परन्तु घर का,संस्कार छुट्दै गए ।
कक्षा चढ्न सकेँ परन्तु मन का,आधार टुट्दै गए ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016