जनकपुर लाई हेर्दा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जनकपुर पुगेथ्यौं , जानकी दर्शनार्थ
अनि जनकसुता का , पाउ को स्पर्शनार्थ
समय पनि बितेथ्यो ,भक्ति का साथ जम्मै
प्रकृति पनि खुलेथ्यो , चौदिशा मा अचम्मै
 
नियमित चलिराख्ने , ध्यान को भूमि हो यो
अविरल बगिराख्ने , ज्ञान को भूमि हो यो
जनम - मरण हर्ने , सत्य को बीज छर्ने
दृढतर बनिराख्ने , शान को भूमि हो यो
 
तर किन अहिले यो , मन्द बन्दै गएछ
गति यति नमिलेको , छन्द बन्दै गएछ
मल - विकृति सँगै यो , धर्म ले हीन झैँ छ
सुमधुर अनि चोखो , कर्म ले हीन झैँ छ
 
वर पर कति धेरै , पोखरी क्लान्त झैँ छन्
कतिपय जलकुम्भी बाट आक्रान्त झैँ छन्
किन कलुषित नाला , ताल मा हालिँदै छन् ?
किन मल घुर सारा , मार्ग मा , फालिँदै छन् ?
 
अझ पनि कति मान्छे , कुण्ड मा शौच गर्छन्
पथ चहुर कुना मा , गन्दगी मात्र भर्छन्
अतुलित गरिमा का , ताल हुन् यी बुझेमा
अतिशय महिमा का , माल हुन् यी बुझेमा
 
जनकपुर सबै ले , पर्छ जोगाइराख्न
ढल मल घुर द्वारा , हुन्न रोगाइराख्न
गुरुतर मिथिला को , भव्यता मास्न हुन्न
र जनकतनया को , सभ्यता नास्न हुन्न
 
 
क्लान्त = थाकेको

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016