जनता झुक्किन छोडेन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मन्त्री का गण आउँदा नकचरा - माखाहरू भन्किए
ठेकेदार दलाल चोर ठग का , घाँटीहरू तन्किए
मानौं पाउ चुमूँ चुमूँ सरि गरी , चल्थ्यो गुलामी त्यहाँ
आमा का सपनाहरू बध गरी , जुट्थे मलामी त्यहाँ
 
मन्त्री को दमदार भाषण हुँदा , ताली बजेको थियो
वृद्धा को मुख बाट त्यै समय मा , गाली बजेको थियो
"शिक्षा स्वास्थ्य दुरुस्त गर्छु" उनले ,भन्दै गरेका थिए
सुन्दा दिक्क बनेर कान कति ले , बन्दै गरेका थिए
 
बाटो कत्ति खन्यौं र मोटर लग्यौं ,कैयौं नयाँ गाउँ मा
विद्युत् का पनि तार दोब्बर भर्यौं , कैयौं नयाँ ठाउँ मा
भन्दै मञ्च तताउँदै र जनता , झुक्क्याउँदै ती थिए
गैह्रो चोट दिलाउँदै र दिल मा , मुक्क्याउँदै ती थिए
 
यो झुट्टा बकबास सुन्न कति को , बानी परेको थियो
गर्दा भाषण मञ्च मा चहुर मा , पानी परेको थियो
माखा ले मलकीट ले पनि उहीँ,वा.. वा ..भनेका थिए
बुझ्ने मानिस ले भनें हृदय ले,जा .. जा .. भनेका थिए
 
यो बेहाल दशा छ आज जग मा , के ले हुने उन्नति ?
नेपाली जन मा कुनै नयन मा , जागेन सङ्लो मति
नेता को पछि लाग्न झुक्न जनता , छोडेन कैल्यै पनि
आफ्नो दासपना नयाँ प्रविधि मा , मोडेन कैल्यै पनि

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016