जन्माऊ अझ सूर्य शुक्र सरि नै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जन्माऊ अब कोख बाट जननी ! त्यागी महामानव ।
जन्माऊ प्रिय देशभक्त गतिला , योगी महामानव ।।
एक्लै मात्र गुरु वृहस्पति हुँदा , सामर्थ्य थोरै भयो ।
जन्माऊ अझ सूर्य शुक्र सरि का , केही महामानव ।।
 
लाम्खुट्टे उपियाँ र डाँस अति छन् , छन् रक्तपायीहरू ।
किर्ना छन् र जुका अनेक थरि का,छन् आततायीहरू ।।
चुस्दैछन् अविराम रक्त - धमनी , त्यो पाउ मा हेर त !
नाच्दैछन् अझ बेस्सरी फनफनी , यो घाउ मा हेर त !!
 
एक्लै छन् अभिमन्यु यो समर मा,जित्लान् त सङ्ग्राम खै ?
चक्रव्यूह कडा छ भेद्न तिनले,सक्लान् त यो काम खै ?
कोही अर्जुन भीम ले बल दिए,चर्कन्छ पर्खाल त्यो ।
लाखौं द्रोण र भीष्म ले मन दिए , भत्कन्छ पर्खाल त्यो ।।
 
स्वार्थी - नीच - निकृष्ट कौरव भए , पासा-त्रिपासा चल्यो ।
गल्ली - हाट - बजार रौरव भए , आशा - पिपासा मर्यो ।।
घाती भूत - पिशाच का दलहरू , छन् शक्तिशाली जहाँ ।
हाँस्लान् `सत्य र धर्म´ के विजय को , माला लगाई त्यहाँ ?
 
तिम्रो स्वास्थ्य दुरुस्त गर्न जननी ! लाग्यो कुनै डाक्टर ।
माग्यो त्यो उपचार को विधि नयाँ , जाग्यो कस्यो जाँगर ।।
ती किर्ना - उपियाँ डराउन पुगे , बर्बाद मानौं भयो ।
हाहाकार गरी कराउन पुगे , अस्तित्व मानौं गयो ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016