जस्तै परोस् सङ्कट मुस्कुराऔँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नेपाल को गौरव गीत गाऔँ !
जस्तै परोस् सङ्कट मुस्कुराऔँ !!
 
आँधी हुरी को अझ सामना गरी !
समष्टि को सुन्दर कामना गरी !!
हाँसौँ हँसाऔँ र बचौँ बचाऔँ !
जस्तै परोस् सङ्कट मुस्कुराऔँ !!
 
यहाँ विपद् जे पनि झेल्नुपर्ला ।
प्रचण्ड आगो सँग खेल्न्नुपर्ला ।।
यो जिन्दगी नै खतरा बनाऔँ !
जस्तै परोस् सङ्कट मुस्कुराऔँ !!
 
यी पाउ नेपाल घुमी रमाऊन् !
यी हात ले सीप नयाँ कमाऊन् !!
उमङ्ग उत्साह यहीँ लगाऔँ !
जस्तै परोस् सङ्कट मुस्कुराऔँ !!
 
यो भूमि को मान अझै बढाई ।
वीरत्व मा शान अझै चढाई ।।
संसार मा कीर्ति महान् फिँजाऔं !
जस्तै परोस् सङ्कट मुस्कुराऔँ !!
 
बाढी पसी भीषण कृत्य गर्ला !
भूकम्प ले ताण्डव नृत्य गर्ला !!
पीडा अचाऔँ विपदा पचाऔँ !
जस्तै परोस् सङ्कट मुस्कुराऔँ !!
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016