जानौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जाऔं न साथी ! अब पाठशाला
लिऔं सिकौं सीप नयाँ उज्याला
अज्ञान हर्छन् गुरुबाहरू ले
विज्ञान भर्छन् गुरुमाँहरू ले
 
सत्कर्म के हो र स्वधर्म के हो ?
अकर्म के हो पर - धर्म के हो ?
बुझौं उहीँ मानवता अहिंसा
बुझौं उहीँ दानवता र हिंसा
 
के हुन् दया प्रेम परोपकार ?
के हुन् जरा जीर्ण मनोविकार ?
विचार जानौं गुरु बाट हामी
र सार छानौं गुरुबाट दामी
 
भाषा निखारौं अझ शुद्ध पारौं
विज्ञान खारौं मति झन् सुधारौं
सिकौं नयाँ शिल्प सशक्त होऔं
स्वदेश का उत्तम भक्त होऔं
 
परम्परा रीति - रिवाज जानौं
छन् जे लुकेका सब राज जानौं
बुझौं सबै संस्कृति को महत्त्व
संसार का सभ्य समाज जानौं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016