जिज्ञासा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

घाँटी मा किन वासुकी छ शिव को ,जान्ने छ इच्छा ममा
भोले को शिर मा शशी छ किन हो , बुझ्ने छ इच्छा ममा
गङ्गा धारण गर्दछन् किन उनी , भस्माङ्ग बन्छन् किन ?
गाँजा या धतुरो पिईकन उनी ,झन् भाङ खान्छन् किन ?
 
हाँस्दै ती शिव ले हलाहल पिए , के निम्ति होला भन ?
आफैं भस्म बनाउने वर दिए , के निम्ति होला भन ?
बस्ने बाघ र गोरु छन् सँगसँगै , लाग्दैन आश्चर्य र ?
बस्ने मूषक सर्प छन् सँगसँगै , लाग्दैन आश्चर्य र ?
 
के का लागि त्रिशूल चक्र धनु या,शस्त्रास्त्र लिन्छन् शिव ?
के का लागि अजम्बरी विषय का, शिक्षार्थ दिन्छन् शिव ?
भूत - प्रेत - पिशाच बीच किन ती , बस्छन् खुशी भैकन ?
कस्को ध्यान गरी समाधि उनले , कस्छन् सुखी भैकन ?
 
बस्छन् वास मसान मा किन उनी , सम्पत्ति के छैन र ?
सुत्छन् मस्त हिमाल मा किन उनी , के शीत लाग्दैन र ?
भृङ्गी भैरव वीरभद्र ॠटि या गोकर्ण को हुन् भन ?
शृङ्गी शैल र शाकिनी प्रमथिनी , चण्डीश को हुन् भन ?
 
खोज्दा भेट्न सकिन्न तत्त्व शिव को,ती गुप्त छन् लुप्त छन्
बुझ्दा बुझ्न सकिन्न सत्य शिव को ,ती नित्य छन् व्याप्त छन्
जिज्ञासा छ अनेक भित्र मन मा , के ज्ञान भेटाउँला ?
जन्मौं देखि अपार प्यास छ ममा , को प्यास मेटाउला ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016