जिज्ञासा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

को लेखाउँछ नव्य काव्य रचना , यो जिन्दगी मा पसी ?
को देखाउँछ रूप रङ्ग सपना , यो चेतना मा बसी ?
को हो ऊ र कसो गरीकन कहाँ ,चाल्दैछ गोटीहरू ?
मेरो मानस भित्र काव्य धन का ,फाल्दैछ मोतीहरू ?
 
को हो पढ्न लगाउने प्रकृति का ,गम्भीरता का कुरा ?
को हो चढ्न सघाउने अवनि का ,अग्ला नयाँ टाकुरा ?
केही गर्न र लड्न भिड्न जग मा,पाषाण झैँ घोट्छ को ?
अग्लो बन्न अजम्बरी हुन सधैं , सङ्घर्ष मा जोत्छ को ?
 
कैले कुँद्छ कला म बाट उसले , दिक्दार मान्दैन ऊ ।
कैले खोल्छ गला विचित्र उसले , बेकार ठान्दैन ऊ ।।
कैले हार्दिक प्रीति स्वच्छ दिल ले , लाएर नाच्दिन्छ ऊ ।
कैले यो मुख बाट गीति - कविता , गाएर हाँस्दिन्छ ऊ ।।
 
मेरो छैन सुयोग्यता सृजन मा , आशीष वर्षाउँछ ।
केही छैन सुपात्रता पनि ममा , झन् चित्त हर्षाउँछ ।।
ऊर्जाशील बनाउँदैछ किन ऊ , यो जिन्दगी को कण ?
मैमा शक्ति खन्याउँदैछ किन ऊ , कोही त केही भन ।।
 
आँखा खोल्न लगाउँदैछ युग को,ऊ लेखनी मा छिरी ।
मूर्च्छा बाट जगाउँदैछ उसले , कालो अँध्यारो चिरी ।।
यो जान्ने कति चाहना छ दिल मा , को हो त ऊ आखिर ?
को होला कुन अङ्ग मा छ कसरी , नाच्दैछ ऊ थिर्थिर ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016