जीवन उत्तम धन्य बनोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जय जय शङ्कर हे अभयङ्कर यो भवसागर तार न हे
हर हर पाप सबै हर हे शिव ! कारण का पनि कारण हे
मलिन छ बुद्धि विवेक कृपा गर चिन्मय ज्योति छरेर शिव
शिथिल छ चिन्तन शीघ्र दया गर दुर्गुण भस्म गरेर शिव
 
प्रति दिन ईश्वर ईश्वर ईश्वर ईश्वर ईश्वर मात्र भनूँ
हर छिन शङ्कर शङ्कर शङ्कर शङ्कर शङ्कर मात्र गुनूँ
अगणित नाम म जान्दिनँ हे प्रभु हे प्रभु हे प्रभु भन्छु सधैं
अनि शिव-तत्त्व म बुझ्दिनँ हे मृड हे मृड हे मृड जप्छु सधैं
 
ॠषि मुनि झैं म कठोर समाधि लगाउन सक्दिनँ शम्भु सुन
ध्रुव गज झैँ हरि भक्ति विशुद्ध जगाउन सक्दिनँ शम्भु सुन
शिव पद किङ्कर मात्र बनीकन बाँच्न सकूँ विभु यो जग मा
चरण प्रियङ्कर मात्र बनीकन नाच्न सकूँ प्रभु यो भव मा
 
पशुपति हे ! पद-पङ्कज मा शिर नम्र बनीकन राख्न सकूँ
शिव शिव मन्त्र म नित्य निरन्तर प्रेम गरीकन जप्न सकूँ
विचलित चञ्चल चित्त छ दूषित ; गर्न सकूँ अब निर्मल म
हर पल दुर्बल इन्द्रिय अब्बल गर्न सकूँ अति उज्ज्वल म
 
अज परमेश पिनाकि कपर्दि दिगम्बर भूतगणाधिपते
अणु अणु व्यापक शान्त अनन्त अनादि महेश्वर भूतपते
मृदुल मनोहर चित्त सदा शिव चिन्तन तर्फ अनन्य बनोस्
अविरल भाव प्रवाहित होस् अब जीवन उत्तम धन्य बनोस्

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016