जुत्ता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

डाँडा काँडा , टेक्न खोज्दै छ जुत्ता
टाढा टाढा , देख्न खोज्दै छ जुत्ता
बोक्ने हड्डी , दूर भागे भनेर
देशै आफ्नो , थेग्न खोज्दै छ जुत्ता
 
दुष्टात्मा को , भाल मा छाप हान्ने
भ्रष्टात्मा को , गाल मा झापु हान्ने
दाह्रा नङ्ग्रा , जोड्न खोज्दै छ जुत्ता
आफ्नो सीमा , छोड्न खोज्दै छ जुत्ता
 
बातै मार्ने , स्वप्न मात्रै सिँगार्ने
झारा टार्ने , काम मात्रै बिगार्ने
रद्दी पारा , देख्न चाहन्न जुत्ता
सस्ता नारा , सुन्न चाहन्न जुत्ता
 
लुट्ने धुत्ने , दु:खदायीहरू को
आन्ध्रै थुत्ने , आततायीहरू को
माला बन्ने , दाउ खेल्दै छ जुत्ता
निक्कै चर्को , भाउ खोज्दै छ जुत्ता
 
डढ्दो घट्दो , देश को सालघारी
धाँजा फाट्दो , खेतबारी र टारी
हेरी हेरी , दिक्क मान्दैछ जुत्ता
जाली झेली , खालि कालो बजारी
 
चोरी जारी , घूस ले तृप्त छन् जो
पापाचारी , कर्म मा लिप्त छन् जो
सोही लाई , ठोक्न खोज्दै छ जुत्ता
देशै लाई , बोक्न खोज्दै छ जुत्ता

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016