जुम्रा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जुम्रा ले शिर माथि टोकिरहने, बानी परेको थियो ।
त्यो पीडा सहने र बोकिरहने,बानी परेको थियोे ।।
चुस्थे रक्त र लुक्दथे सब उहीँ,कालो घना केश मा ।
लाग्थ्यो औषधि गर्न हुन्न कहिल्यै,यो बुद्ध को देश मा ।।
 
वर्षौं वर्ष त्यहाँ यसै किसिम ले,जुम्राहरू पोषिए ।
रौं का फेद जरा-जरा र धमनी , सारा शिरा शोषिए ।।
हामी मात्र कन्याउँथ्यौँ र त्यसमै ,आनन्द मान्थ्यौं अति ।
ती टोक्थे अनि चिल्दथे र त्यसमै,आनन्द ठान्थ्यौँ अति ।।
 
जुम्रा को जब वंश विस्तृत भयो,पाखा बसाईं सरे ।
पाखा मा पनि वंश विस्तृत गरी,दाईं रजाईं गरे ।।
ती जुम्रा अहिले शरीर भरि नै,छाए छपक्कै अहो !
आलो रक्त र मांस निर्मम बनी , खाए लपक्कै अहो !!
 
आँतै देखि चिरेर पाउ कर मा,छन् राज्य कस्दै तिनी ।
काखी भित्र छिरेर काप जति मा,छन् दाँत धस्दै तिनी ।।
लुक्नै कत्ति परेन आज तिनले,धम्क्याउँछन् घुस्दछन् ।
हाम्रो यो तन का नसा र धमनी,जुम्राहरू चुस्दछन् ।।
 
तिर्थ्यौं पाँच हिजो परन्तु अहिले,त्यो पाँच सौ नै भयो ।
तिर्थ्यौं बीस हिजो परन्तु अहिले,त्यो बीस सौ भैगयो ।।
जे मा दृष्टि दिऊँ उहीँ मनपरी,छाडा भयो शासन ।
जुम्रा को अब लाग्छ शीघ्र सहजै,खस्दो छ सिंहासन ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016