जून
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मुस्कान मीठो मुख मा लिएर
मायाँलु को मोह नशा पिएर
आकाश मा जून उदाउँदै छ
कालो घना रात भगाउँदै छ
 
सौन्दर्य को भव्य प्रतीक जून
माधुर्यको हो प्रतिविम्ब जून
ऊ झुल्किँदा स्वप्निल बन्छ विश्व
शीताम्बु ले फेनिल बन्छ विश्व
 
संसार मा कान्ति छरी छरीकन
चारैदिशा शान्ति भरी भरीकन
बर्षाउने गर्छ सधैं सुधा - कण
हर्षाउने गर्छ जगत् र जीवन
 
यो जिन्दगी घट्छ र बढ्छ भन्दै
उँचाइ मा चढ्छ र झर्छ भन्दै
अर्ती नबोलीकन दिन्छ जून
रहस्य खोलीकन हिँड्छ जून
 
माला बनाईकन नीँद को ऊ
पाला जलाईकन स्वप्न को ऊ
पीयूष छर्दै रस - रङ्ग भर्दै
झुल्कन्छ सन्ध्या सँग दङ्ग पर्दै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016