जून
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जसै जून आकाश मा मुस्कुरायो
जगत् को अँध्यारो कहाँ पो हरायो
चुह्यो चौदिशा मा सुधा तप्प तप्प
खसे शीत - मोती बनी टप्प टप्प
 
दिंदै शान्ति - सन्देश चम्कन्छ जून
लिँदै कान्ति झन् उच्च लम्कन्छ जून
त्यहाँ पूर्णता निम्ति सोह्रै कला छ
परिष्कार को चम्किलो मेखला छ
 
उही पात मा फूल मा वास छर्छ
उही चित्त मा प्रेम को प्यास भर्छ
उही अन्न मा स्वादिलो पुष्टि दिन्छ
उही नै त सर्वोच्च सन्तुष्टि दिन्छ
 
छ त्यो जून को लोभ लाग्दो मुहार
निशा माथि ऊ गर्छ मीठो प्रहार
छचल्काउने गर्छ ऊ प्रेम - धारा
र घोप्ट्याउने गर्छ पीयूष - सारा
 
छ एक्लै हिंडेको महाकाश मा ऊ
छ बेग्लै बनेको त्यहाँ खास मा ऊ
पृथक् रूप अस्तित्व बोक्दै छ जून
यहाँ नित्य माधुर्य पोख्दै छ जून

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016