जो छन् भक्षक छन् यहाँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

को चम्काउन आउला त मुखडा , नेपाल को हे कवि !
को बन्ला त समृद्धि निम्ति तगडा , नेपाल को हे कवि !
जोगी जो जति देखिए मुलुक मा , कानै चिरेका त छन्
सत्ता मा जति छन् अजिङ्गरहरू , खानै छिरेका त छन्
 
आफ्नो देश विरुद्ध घात गहिरो , गर्नेहरू छन् यहाँ
आफ्ना व्यक्तिहरू लगेर पद मा , भर्नेहरू छन् यहाँ
स्वामीभक्त बनेर कत्ति हनुमान् , पर्छन् तिनै पाउ ती
भ्रष्टाचार गरी कमाउन भनी , हेर्छन् सधैं दाउ ती
 
हाम्रो देश न चम्कने रवि भयो , खाए तिनै राहु ले
साह्रै दु:ख - दरिद्र को छवि भयो , भ्याए तिनै राहु ले
जो छन् भक्षक छन् सबै खलहरू , नेतृत्व का नाम मा
छैनन् रक्षक ती कुनै दलहरू , सेवा दिने काम मा
 
गल्ती जत्ति गरून् र मालिकहरू,किर्ना बनी ढाडियून्
बाक्सा टन्न भरून् र पाप मल मा , ती भास्सियून् गाडियून्
चिम्ली लोचन प्रार्थना हर घडी , गर्छन् सधैं भक्त ती
स्वामी निम्ति विशेष अर्पित रही , मर्छन् सधैं भक्त ती
 
बोल्ने साहस हुन्न कत्ति तिनको , लाटो बनी बस्दछन्
खोल्ने हिम्मत हुन्न पाप गठरी , घाँटी स्वयं कस्दछन्
एस्तै हाल र चाल बाट जिउँदै , छन् सर्वहाराहरू
त्यो छाती सिउँदै र पीर पिउँदै , मर्छन् बिचाराहरू

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016