जो सच्चिदानन्द हो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

माया को वश देखि बाहिर छ जो ,हो जीव को पालक
सारा सृष्टि सँभाल्न माहिर छ जो , हो विश्व - सञ्चालक
सर्वात्मा - शिव - सत्य - सुन्दर सँगै , जो प्रेम को कन्द हो
मेरो प्राण उहीँ समर्पित बनोस् , जो सच्चिदानन्द हो
 
जो साधीकन साधिँदैन कहिल्यै , स्रष्टा उही हो शिव
जो बाँधीकन बाँधिँदैन कहिल्यै , द्रष्टा उही हो शिव
आत्मा ले उसमाथि चिन्तन गरोस् , जो दिव्य श्रीकण्ठ हो
मेरो प्राण उहीँ समर्पित बनोस् , जो सच्चिदानद हो
 
जो व्याख्या गरिसक्नु छैन गतिमान्,अत्युच्च मस्तिष्क ले
जो विज्ञेय हुँदैन विज्ञ - मतिमान् , सर्वोच्च सञ्चेत ले
यो संसार उज्याल्नमा चहकिलो , जो सूर्य हो चन्द्र हो
मेरो प्राण उहीँ समर्पित बनोस् , जो सच्चिदानन्द हो
 
यो मेरो मति मा नयाँ गति मिलोस्,जो भोग ले युक्त छ
त्यो सर्वेश्वर को दया अति मिलोस् , जो योग ले युक्त छ
जो हो शान्त , अनन्त हो अटल हो , जो शाश्वती छन्द हो
मेरो प्राण उहीँ समर्पित बनोस् , जो सच्चिदानन्द हो
 
भोगें भोग मिलेन शान्ति कहिल्यै , आगो बल्यो झन् बढी
जानेँ कत्ति हटेन भ्रान्ति कहिल्यै , छाती जल्यो झन् बढी
जो मृत्युञ्जय हो महा विजय हो , जो काल को दण्ड हो
मेरो प्राण उहीँ समर्पित बनोस् , जो सच्चिदानन्द हो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016