ज्ञानी हुने बालक मानि हाल्छन्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ज्ञानी हुने बालक मानि हाल्छन् ।
नौला कुरा हर्दम जानि हाल्छन् ।।
बुद्धूहरू खालि लडाइँ गर्छन् ।
आफ्नै कुरा मात्र बढाइँ गर्छन् ।।
 
जाती छ जो स्वच्छ सफा रहन्छ ।
जस्तै परे तापनि ऊ सहन्छ ।।
प्यारो सबै को हुन पुग्छ ऊ त ।
आकाश नीलो छुन पुग्छ ऊ त !!
 
जो फोहरी हुन्छ , खुशाउँदैन ।
मायाँ कसैको पनि पाउँदैन ।।
ऊ देखि साथी पनि भागि हाल्छन् ।
पढ्ने र खेल्ने तिर लागि हाल्छन् ।।
 
ज्ञानी छ जो बालक उठ्छ चाँडै ।
ऊ प्रार्थना मा पनि जुट्छ चाँडै ।।
आमाबुबा को पिर बुझ्छ पढ्छ ।
सङ्घर्ष मा खट्छ अगाडि बढ्छ ।।
 
अल्छी छ जो सुत्छ अबेर सम्म ।
गर्दैन फुर्ती पनि काम गर्न ।।
आफन्त को ऊ मन पोलि दिन्छ ।
आशाहरू मा बिख घोलि दिन्छ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016