डढ्लास् स्वयम् होश गर्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जो हौ पश्चिम का गुलाम धमिरा , माखाहरू हो सुन !
होली वाइन मा बिकाउ धमिला , आँखाहरू हो सुन !
नारी को प्रिय चाड तीज कसरी , ठान्छौ तिमी दूषित ?
हाम्रा संस्कृति रीति पर्व कसरी , मान्छौ तिमी कुत्सित ?
 
धोइन्छन् हर वस्त्र मैलिन गए , च्यातेर फालिन्न ती
साँधिन्छन् हर शस्त्र भुत्तिन गए , भाँचेर गालिन्न ती
उस्तै संस्कृति मा कमी रहिगए , विद्वान् हरू बोल्नुछ
वार्ता गर्नुछ दोष दाग र कमी , आगो दिई पोल्नुछ
 
राम्रा चामल मा बियाँ पनि हुनन् ,ती फाल्नु पर्नेछ है
होलान् दोष नगण्य संस्कृति सँगै , ती चाल्नु पर्ने छ है
के मा हुन्न र दोष दाग धमिलो ? माझ्ने पखाल्ने त हो
को मा हुन्न र रोष - राग - अमिलो ? धोई खकाल्ने त हो !
 
ए नाथे सरकार ! सुन् तँ बहिरो , छैनस् भने यो कुरा
हाम्रा रीतिरिवाज मा अघि सरी , के निम्ति हान्छस् छुरा ?
चेली को प्रिय पर्व तीज अहिले , गाना विना होस् भनिस्
नाना गान बजान नर्तन विना , खाना विना होस् भनिस्
 
नारी को मुसकान - गान - लय ले , तेरो जल्यो ओठ के ?
चेली को मधु नृत्य को विजय ले , तेरो लड्यो गोठ के ?
आफ्नो बक्बक ओठ धेर नचला,लड्लास् स्वयम् होश गर्
हाम्रो संस्कृति का विरुद्ध नकरा,डढ्लास् स्वयम् होश गर्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016