डुबेर मर डाडु मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

स्वाभिमान गयो पारि , डुबेर मर डाडु मा ।
देखाईकन लाचारी , डुबेर मर डाडु मा ।।
 
बढाई चोर व्यापारी , डुबेर मर डाडु मा ।
बोकाई ॠण को भारी ,डुबेर मर डाडु मा ।।
 
अरू का देश मा जाऊ ,बोकेर एक पल्टन ।
हेर दृश्य मनोहारी , डुबेर मर डाडु मा ।।
 
आमा को ममता भुल्ने,अस्मिता पनि बिर्सने ।
कर्मचारी अहङ्कारी , डुबेर मर डाडु मा ।।
 
जान्छौ अन्यत्र देख्दैनौ,कल्पनातीत उन्नति ?
सिस्नो का छन् यहाँ घारी,डुबेर मर डाडु मा ।।
 
खाई कसम आमा को , सुरक्षा गर्छु भन्दथ्यौ ।
छन् लूट देश मा जारी , डुबेर मर डाडु मा ।।
 
युवा विदेश घोक्र्याऊ , मार उद्योग उद्यमी ।
गरेर माल पैठारी , डुबेर मर डाडु मा ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016