ढाँट को फल
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

खेताला ले , धान काट्दै गरेका
एकार्का को , दु:ख साट्दै गरेका
यै बेला मा , कालु रोयो करायो-
"आयो आयो , लौ यहाँ बाघ आयो"
 
को छौ को छौ , लौन देओ गुहार !
कस्तो चर्को , बाघ को भो प्रहार !
मेरा बाख्रा , लौ समात्यो पछार्यो
घाँटी टोक्यो , लौ अँठ्यायो र मार्यो
 
ती खेताला , शीघ्र दौडेर आए
के भो के भो , लौन भन्दै कराए
हा..हा..भन्दै , कालु हाँस्यो अचम्म
उफ्र्यो नाच्यो , ऊ त्यहाँ छम्म छम्म
 
अर्को साता , कालु उस्तै करायो-
"आयो आयो , लौ यहाँ बाघ आयो"
ती खेताला , फेरि दौडेर आए
आफ्ना सारा , काम छाडेर आए
 
उस्तै हाँसो , कालु ले गर्न थाल्यो
ढाँटें भन्दै , मख्ख ऊ पर्न थाल्यो
ती खेताला , फर्किए काम गर्न
कोही थाले , फेरि आराम गर्न
 
तेस्रो साता , साँच्चिकै बाघ आयो
बाख्रा खायो ; कालु रोयो करायो
खेताला ले , साथ अर्को दिएनन्
ठट्टा ठाने , फर्किंदै फर्किएनन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016