ढुङ्गा हानिहालौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

त्यो बाह्र बूँदा अब च्यातिहालौं
षड्यन्त्र - जालो पनि काटिहालौं
विदेश का दुष्ट दलाल लाई
नङ्ग्याउँदै दूर लखेटिहालौं
 
नेतृत्व हाम्रो पथभ्रष्ट नै छ
यो सत्य हो जो अब प्रष्ट नै छ
ऊ खान्छ हाम्रो कर मोज गर्छ
गाडीहरू किन्छ विदेश घुम्छ
 
न स्वर्ण को काण्ड खुलस्त ल्यायो
न निर्मला को पनि तथ्य आयो
वाइड् - बडी को चलखेल द्वारा
अर्बौं चपाई कसले पचायो ?
 
व्यापार - घाटा कति हुन् यहाँ का ?
बेहाल बाटा कति हुन् यहाँ का ?
वर्षौं बिती जान्छ विकास हुन्न
हुन्नन् समाधान निकास हुन्न
 
विश्वास सारा दल को छ मर्दो
झन्झन् गरीबी छ उँचाइ चढ्दो
स्वधर्म मा हेर सधैं प्रहार
सङ्घीयता आज हुँदैछ भार
 
विदेश का नग्न दलाल बन्ने ?
स्वदेश रित्त्याउन जाल बुन्ने ?
युवा धकेलेर विदेश तर्फ
नेपाल कङ्गाल बनाइछाड्ने ?
 
हामी तुरुन्तै अब जागिहालौं
नेतृत्व बुझ्ने तिर लागिहालौं
आए भने उच्च - पदस्थ नेता
ढुङ्गा उठाईकन हानिहालौं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016