ढोका उघार्नू तिमी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भन्छन् पर्वत ले सधैं म सँग "के अग्ला हुँदैनौ तिमी ?"
मैला छौ मति ले र मोह-मद ले,"के ती धुँदैनौ तिमी?"
सोध्छन् शीतल शान्त स्वच्छ जल ले,"धारा हुने हैन र ?"
भन्छन् ती शशि-सूर्य ले ; "गगन को तारा छुने हैन र ?"
 
दिन्छन् सागर ले असीमित हुने, अर्ती सधैं केवल ।
मर्यादा पनि कत्ति त्याग्न नहुने ,सन्देश झन् निर्मल ।।
"होस् गाम्भीर्यपना परन्तु यसको ,चर्चा नगर्नू तिमी !"
भन्छन् ,"शान र मान निम्ति कहिल्यै ,पर्चा नछर्नू तिमी !"
 
हावा ले पनि भन्छ, "सर्सर चलोस्,यो जिन्दगी को रथ !"
"होस् स्वाभाविक हिँड्न बढ्न जहिल्यै,आरामदायी पथ !"
"अर्काकै हित गर्न उद्यत हुनू" , भन्छन् सबै बोट ले ।
आगो निल्न सिकाउँछन् सहज नै,सङ्घर्ष का चोट ले ।।
 
माटो ले पनि भन्छ, "हेर मनुवा ! आशा नमार्नू तिमी !"
आफ्नो संस्कृति रीति धर्म मुटु को,भाषा नमार्नू तिमी !!
मायाँ मार्नु हुँदैन गाउँ घर को,आफन्त को मीत को !
मीठा भाव उमार्नु पर्दछ यहाँ , सङ्गीत को गीत को !!"
 
धर्ती भन्दछ ,"नित्य बीज-बिरुवा,केही त सार्नू तिमी !
प्राणी - पोषक अन्नपात सरि नै,ऊर्जा उमार्नू तिमी !!
हेर्नैपर्दछ तेजिलो नजर ले , ढोका उघार्नू तिमी !
लड्नैपर्दछ जिन्दगी समर हो , कैल्यै नहार्नू तिमी !!"

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016