तमाशा हवाई
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

शयौं जात का फूल को वाटिका झैँ
थियोे देश यो चन्द्रमा को टिका झैँ
सबै जात का फूल फुल्थे यहीँ नै
नयाँ ज्ञान का मूल खुल्थे यहीँ नै
 
बगैंचा सिँगार्थे यहाँ भव्य माली
सँभाल्थे यहाँ का मुना पात डाली
लिची आँप अङ्गूर फुल्थे र फल्थे
बिगारे विना , नाप - नक्शा बदल्थे
 
कसैको न कैल्यै थियो देश दास
न कैल्यै बनेथ्यो स्वयं मा निराश
हिजो विश्व ले नित्य गर्थ्यो सलाम
भयो आज नेपाल के ले गुलाम ?
 
न उद्योग छन् देश बोक्ने यहाँ का
न सामान छन् गर्व लाग्ने यहाँ का
अवस्था यहाँ को छ गिर्दो र खस्दो
यही लाग्छ घोडा थचक्कै छ बस्दो
 
युवा एउटै गाउँ मा देख्नु छैन
र नेतृत्व ले गाउँ मा टेक्नु छैन
यहाँ काम का नाम मा हुन्छ हल्ला
न जोतिन्छ बारी न फोरिन्छ डल्ला
 
यहाँ देश ले खप्नु पर्दै छ बाढी
छ नेतृत्व हाम्रो बिचारा अनाडी
भएको छ चौतर्फ हाम्रो तबाही
तमाशा हवाई छ हेरौं न भाइ !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016