तल्लीन हो ए मन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

वर्षौं वर्ष गयो परन्तु शिव मा , यो चित्त लागेन खै
बूढो ज्यान भयो नसा सुकिसक्यो,यो चित्त पाकेन खै
तृष्णा झन् युवती बनीकन अझै , मुस्काउँछे के गरूँ ?
यो मेरो मति भोग को बगर मा , हुत्त्याउँछे के गरूँ ?
 
मेरा हात र पाउ मा बल दिने , ती तत्त्व नै शम्भु हुन्
मेरा धर्म र कर्म को फल दिने , ती तत्त्व नै शम्भु हुन्
यो जानी अविराम चिन्तन गरूँ , ध्यानी बनूँ नित्य म
आत्मा ले शिवतत्त्व दर्शन गरूँ , ज्ञानी बनूँ नित्य म
 
बस्छन् अन्तर मा म खोज्न शिवजी,कैलाश मा धाउँछु
हाँस्छन् यो मन भित्र ; अन्त शिवजी,खोजी कहाँ पाउँछु ?
कस्तूरी सरि खोज्न बन्द गरिदे , हे चेतना ! मोडिदे
आँफै भित्र तँ खोज् सुगन्ध शिव को,बाँकी कुरा छोडिदे
 
जो हुन्छन् धनवान् तिनै जनहरू , पैसा हुँदा डर्दछन्
डाँका का सरकार का स्वजन का आँखा उहीँ पर्दछन्
दु:खै बढ्दछ स्वर्ण ले र धन ले ,के गर्नु त्यो सञ्चय ?
जो भज्छन् चरणारविन्द शिव का , हुन्छन् उनै निर्भय
 
पन्छी उड्न गयो भने त पिँजडा,ताकिन्न यो सत्य हो
प्राणै छुट्न गयो भने तन यहाँ ,राखिन्न यो तथ्य हो
हड्डी मांस र रक्त मूत्र मल को , हो देह जानीकन
सारा मोह त्यजेर शम्भु पद मा , तल्लीन हो ए मन !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016