तिमी मधुमती बन्नू
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

त्यो सौन्दर्य लुकेर हेर्दछु सधैं , केही म भेटाउँछु
उम्लेको विरहाग्नि युक्त मुटु को , तातो म मेटाउँछु
उठ्छन् भाव तरङ्ग चित्त भरि नै , त्यो सिन्धु को छाल झैँ
कुद्छन् शब्द सुरम्य छन्द लय मै , सङ्गीत को ताल मै
 
आहा ! कुण्डल कान मा कनक का ,छन् ती परी का सरि
छौ साँच्चै कमनीय कोमल प्रिये , मानौं कुनै किन्नरी
यो मेरो कवि मुग्ध मोहित बन्यो , देखेर तिम्रो छवि
झन् मीठो कविता रच्यो लय भर्यो , गाना दियो भैरवी
 
तिम्रो दर्शन बाट हे प्रियतमा ! पाषाण पानी बन्यो
तिम्रो चिन्तन गर्न देख्न सपना , एकान्त बानी पर्यो
यो बानी सरिता बनी हृदय मा , छल्कन्छ खै के गरूँ ?
झन् मीठो कविता बनी मगज मा , बल्कन्छ खै के गरूँ ?
 
तिम्रो नाम हजार लिन्छु पल मा , के निम्ति हो जान्दिनँ
तिम्रो सुन्दर चित्र छाप्छु दिल मा , के निम्ति हो जान्दिनँ
सालौं - साल गए बिते दिनहरू , तिम्रो गरी कल्पना
सारा शून्य भए गए छिनहरू , तिम्रै गरी सम्झना
 
हेरूँ मात्र हुने सधैं नयन ले , के निम्ति होला भन ?
छोऊँ मात्र हुने सधैं हृदय ले , के निम्ति होला भन ?
तिम्रो भक्त बनूँ तिमी भगवती , बन्नू सधैं हे प्रिये !
आफैं तिक्त बनूँ तिमी मधुमती , बन्नू हदै हे प्रिये !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016