तीज आयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आयो महान् तीज तरङ्ग ल्यायो
नारीहरू मा रस - रङ्ग ल्यायो
बढ्दो छ चारै तिर नाच - गान
नाना र खाना सँग मा बजान
 
दाम्पत्य मा शुद्ध मिठास आओस्
जोडीहरू मा मधुमास छाओस्
इच्छा यही उच्च लिएर आयो
हाँसो खुशी मस्त पिएर आयो
 
होस् तीज आदर्श र कान्तिपूर्ण
सुबासिलो सौम्य र शान्तिपूर्ण
नहोस् दिखावा गहनाहरू को
साडी महङ्गा लहनाहरू को
 
गाना बजून् उत्तम व्यङ्ग्यपूर्ण
नारीत्व का लागि महत्त्वपूर्ण
सन्देश होस् उच्च गृहस्थ लाई
हरेक नारी - समुदाय लाई
 
पार्टी र प्यालेस नधाइयोस् कि
छाडा बनी गीत नगाइयोस् कि
संस्कार बिर्सेर पवित्रता को
रक्सी सँगै भोज नखाइयोस् कि
 
धनी तथा निर्धन साथ होऊन्
निर्दोष सेवामय हात होऊन्
नाचून् र गाऊन् सब नै रमाऊन्
पत्नीत्व को धर्म स्वयम् निभाऊन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016