तेस्का बाजे
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मामा आयो , अर्ब का अर्ब खायो
भान्जो आयो , खर्ब का खर्ब भ्यायो
पैसो भन्ने , जात नामै त छैन
तेस्का बाजे , छैन कामै त छैन
 
आफ्नो यौटै , उच्च उद्योग छैन
बेचौँ केही , बेचिने थोक छैन
लज्जा छोप्ने , छैन जामै त छैन
तेस्का बाजे , छैन कामै त छैन
 
जग्गा खायो , कारखाना चपायो
लाखौं मान्छे , देश बाटै धपायो
के मा बस्ने ? बस्न ठामै त छैन
तेस्का बाजे , छैन कामै त छैन
 
बैसाखी छन् , दर्बिला हाड छैनन्
ठूला भारी , बोक्न छन् ढाड छैनन्
के ले थाम्ने ? थाम्न थामै त छैन
तेस्का बाजे , छैन कामै त छैन
 
बोल्ने चर्को , गर्न केही नगर्ने
यौटा सिन्को , भाँच्न केही नपर्ने
त्यो छाती मा , छैन रामै त छैन
तेस्का बाजे , छैन कामै त छैन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016