त्याग
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जित्ने हो यदि युद्ध भीषण भने,धाकीपना हो लिने ।
चुम्ने हो यदि लक्ष्य उत्तम भने,त्यागीपना हो लिने ।।
धाकी आँत हुनेहरू समर का,हुन्छन् विजेता महान् ।
त्यागीभाव हुनेहरू मुलुक का,बन्छन् सुनेता महान् ।।
 
जस्तो त्याग गरिन्छ त्यै किसिम का,उत्पन्न हुन्छन् फल ।
त्यागैले उपलब्ध हुन्छ जन मा,आनन्ददायी पल ।।
त्याग्छन् जो सुख भोज मोज सुबिधा,ती बन्दछन् अब्बल ।
तेस्ता सन्त मनुष्य ले भुवन मा , गर्छन् सदा मङ्गल ।।
 
केही पाउन छोड्नुपर्दछ यहाँ,यो लोक को रीति हो ।
मायाँ लाउन तोड्नुपर्दछ अहम्,यो प्रीति को नीति हो ।।
ठूलो लक्ष्य लिँदा सयौं सुखहरू , त्याग्छन् महात्मा जन ।
साँचो पक्ष लिँदा सयौं दुखहरू , खेप्छन् सदा सज्जन ।।
 
ज्ञानी का जति छन् महत्त्व महिमा,हुन् त्यागकै कारण ।
दानी का जति छन् गुरुत्व गरिमा,हुन् त्याग कै कारण ।।
आफ्नो सन्तति को भविष्य दह्रिलो , पार्ने भए त्याग्नुछ ।
आफ्नो गाउँ समाज व्यापक उँभो , सार्ने भए त्याग्नुछ ।।
 
मान्छे लायक बन्न सौ किसिम का,भान्छाहरू त्याग्दछन् ।
मान्छे नायक बन्न लाख थरि का, वाञ्छाहरू त्याग्दछन् ।।
आमा को ममता सँगै स्वजन का,मेवाहरू त्याग्दछन् ।
साथीभाइ कुटुम्ब बन्धुजन का , सेवाहरू त्याग्दछन् ।।
 
त्यागी शासक देशभक्त गतिलो,रोज्दैछ यो देश ले ।
ज्यूँदो मानिस तप्तरक्त मलिलो,खोज्दैछ यो देश ले ।।
त्यागीभाव लिएर नै मुलुक को ,फेरिन्छ है काँचुली ।
त्यागै बाट चुमिन्छ यो मुलुक को,सर्वोच्चता को चुली ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016