त्यै चेहरा देखियो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हेरें ध्यान दिई सबै तिर निकै ,त्यै चेहरा देखियो
पक्का ज्ञान लिई बुझें सँगसँगै , त्यै चेहरा नै थियो
ऊ सिंहासन माथि कोमल थियो, हेर्दा भने बाहिर
साँच्चै नै मन मा भयङ्कर थियो, ऊ नाट्य मा माहिर
 
बोल्थ्यो दुश्मन का विरुद्ध गतिलो ,त्यै चेहरा नै थियोे
खोल्थ्यो ऊ छल जालझेल घतिलो,त्यै चेहरा नै थियो
मञ्चासीन बनेर भाषण दिने , मान्छे उही नै थियोे
सत्तासीन बनेर राशन लिने , मान्छे उही नै थियोे
 
वेश्या वृत्ति समान बौद्धिक दशा , निर्माण गर्थ्यो उही
मुर्दा लाश समान नैतिक दशा , निर्माण गर्थ्यो उही
हिंसा को भयभीत ताण्डव गरी , नाच्ने उही नै थियोे
कप्टी कृत्रिम बन्धु- बान्धव बनी , हाँस्ने उही नै थियोे
 
जो लेख्थ्यो अखबार भित्र गहिरो , त्यै चेहरा नै थियोे
जो बक्थ्यो बकबास उत्तम हिरो , त्यै चेहरा नै थियोे
छाना बारिदिने उही छ दिन मा , पोस्ने उही देखियो
आफैं अग्नि लिएर रात बिच मा,झोस्ने उही देखियो
 
गाह्रा नाटक खेल्न माहिर उही ,भोगी उही नै थियो
सत्ता भित्र उही र बाहिर उही , जोगी उही देखियो
पर्दा खोलिदिँदा सिसा पुछिदिँदा , त्यै चेहरा नै थियोे
सारा रङ्ग पखालिँदा र धुलिँदा , त्यै चेहरा देखियो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016