दबाई गर्नु पर्ने छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कुनै आओस् यहाँ यौटा , दुराचारीहरू मास्न
गरोस् बाचा झिकोस् ऊर्जा ,बलात्कारीहरू नास्न
यही आशा गरेका छन् , अनेकौं नेत्र ले आज
यही भाषा भनेका छन् , करोडौं कण्ठ ले आज
 
गरीबी को पिना पेल्दै , बसेका छन् यहाँ मान्छे
तवाही मा घुँडा मुन्टो , धसेका छन् यहाँ मान्छे
कलेजा जे चलेका छन् , जलेका छन् गलेका छन्
न बत्ती नै बलेका छन् , न मस्ती नै फलेका छन्
 
चरा छैनन् यहाँ यौटै , सबै आवास रित्ता छन्
युवा छैनन् यहाँ यौटै , बँचेका वृद्ध वृद्धा छन्
चरा लाई न दाना छन् , न गाना छन् न ताना छन्
युवा लाई न खाना छन् , न नाना छन् न छाना छन्
 
कुनै विद्युत् बनी आओस् ,अँध्यारो चिर्न का लागि
कुनै आगो लिई खाओस् , धुवाँ मा छिर्न का लागि
यहाँ ब्वाँसा भए धेरै , बनेनन् बाघ यौटै नै
गँड्यौला छन् यहाँ साह्रै , रहेनन् नाग यौटै नै
 
कुनै छोरा भए आओ , तमाशा हेर्न छाडेर
भए मायाँ लिई आओ , त्रिपासा खेल्न छाडेर
लुतो बढ्दै छ आमा को , दबाई गर्नु पर्ने छ
पिलो सड्दै छ आमा को , दुखाइ हर्नु पर्ने छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016