दर्पण बिहादी को
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जहाँ जन्म्यौं हुर्क्यौं , अविरल उहीँ जान्छ मन यो
जहाँ खेल्यौं झेल्यौं , सुखदुख उहीँ नै छ तन यो
बिहादी को पानी , अति सरसिलो शीतल अहा
कुँडादी को हावा , सिरसिर समी पीपल अहा
 
उकाली मा चढ्दा , कलरव चरी का कति सुन्यौं
भिराली मा झर्दा , लय - धुन परी का पनि सुन्यौं
थियो रातो माटो , हरित वन पाखा चहुर मा
हिलो मैलो बाटो , तर पनि थियौं शान्त सुर मा
 
कतै खोला झर्ना , कलकल गरेका कति थिए
कतै साना धारा , छलछल गरेका कति थिए
थिए घुम्ती कैयौं , सहज सँग ती पार गरियो
पियौं पानी मीठो , मन मुटु सँगै आँत भरियो
 
जसै देख्यौं आफ्नो , प्रकृतिमय त्यो गाउँ गतिलो
जसै टेक्यौं माटो , हरितमय त्यो ठाउँ रसिलो
भयो साह्रै पीडा , किनकि जनता छैन अहिले
लुकेका देखिन्छन् , सुख सयल वा चैन अहिले
 
युवा छैनन् यौटै , घर जति सबै रिक्त जन छन्
सबै बूढा बूढी , गलित तन छन् तिक्त मन छन्
बिहादी को आँखा , मलिन छ उदासी छ अहिले
छ उस्तै नै भाखा , थकित मुख वासी छ अहिले
 
कुनै साह्रा गाह्रा , विकट घटना बाट थिचिंदा
कतै मर्दा पर्दा , विषम खतरा बाट मिचिंदा
यहाँ छैनन् मान्छे , बरु सकस छन् व्यापक कति
समस्या छन् चर्का, जटिलतम बाधा कतिकति

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016