देश सेवा हुँदैछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हामी द्वारा , गजब सँग नै , देश सेवा हुँदैछ
रोजै पार्टी , दलबल सँगै , काजु - मेवा हुँदैछ
कैले दायाँ , प्रभु चरण मा ,भक्ति ले ढोगिँदैछ
कैले बायाँ , प्रभु शरण मा , जिन्दगी होमिँदैछ
 
घुम्नैपर्ने , विकसित अरू , देश मा बारबार
भोग्नैपर्ने , सुख र सुबिधा , जिन्दगी मा अपार
फर्की आई , हविगत उही , देश को हेरिँदैछ
आफैं बस्ने , घर बगर को , काँस ले बेरिँदैछ
 
नेपाली को , कर कति बढ्यो , हेर ! बाटो र घाटो
हाम्रो सोच्ने , स्तर कति बढ्यो , हेर ! माटो र आटो
जो जे बोलून् , यस मुलुक को , लाभ मा लागिँदैछ
अर्बौं - खर्बौं , धन - सुनहरू , भीख मा मागिँदैछ
 
केही पैसा , कर तिर बढ्यो , देश को लाभ मै हो
केही भाडा - दर तिर बढ्यो , देश को लाभ नै हो
बढ्दै जाँदा , विकृति र बलात्कार थोरै बढेछ
हत्या हिंसा , सँग अलिकता , मार थोरै बढेछ
 
राम्रो गर्दा , कतिपय कुरा , घट्न थाले नराम्रा
भ्रष्टाचारी , पनि अलिकता , बढ्न थाले नराम्रा
हामी सारा , जन अहित का , काम शोषेर छाड्छौँ
चोरी जारी , छल सहित का , दाम खोसेर छाड्छौँ
 
हाम्रा प्यारा , सरल जनता , साँच्चिकै ईश नै हुन्
साह्रै बुझ्ने , असल मति का , झन् दयाधीश नै हुन्
हामी जे जे , कमसल गरौं , भुल्दछन् ती सबै नै
देशैव्यापी , जनमत हुँदा , धुल्दछन् ती सबै नै

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016