धन्यात्म होऊन् सधैं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

झन्झन् पल्लव झाङ्गियोस् सबल होस्,साहित्य को बाग मा
झन्झन् पुष्पित होस् सुवासित बनोस्,साहित्य को माझ मा
काँडा छन् कमजोर पक्ष पनि छन् ,खोजेर ती फाल्नुछ
माटो कङ्कड बाट स्वर्ण कणिका,सद् यत्न ले चाल्नुछ
 
साँच्चै भव्य र सभ्य पल्लव बनोस् , सम्पूर्ण संसार मै
स्रष्टा - सर्जक निम्ति वल्लभ बनोस् , सम्पूर्ण संसार मै
भाषा को गरिमा बढाउन सकोस् ,सिर्जेर साहित्य झन्
माटा को महिमा बढाउन सकोस् , बोकेर दायित्व झन्
 
माटो हो सुन हो कि पित्तल कुनै , हो सिर्जना यो चिनोस्
काँचो या परिपक्व हो फल कुनै , हेरेर छानोस् बिनोस्
रोपोस् पल्लव ले असङ्ख्य बिरुवा ,सत्सिर्जना का यहाँ
खोलोस् द्वार विचार - सार सुर का, सञ्चेतना का यहाँ
 
हिंड्लान् अक्षर का अनेक बटुवा , छायाँ बनोस् पल्लव
खोज्लान् सिर्जन का सुरम्य चँदुवा , मायाँ दियोस् पल्लव
जागून् सर्जक शुद्ध - साधकहरू , उत्साह बोकीकन
लागून् दिव्य कला उपासकहरू , उछ्वास रोकीकन
 
यो बेला हर काव्य सर्जक जुटून् , होस् कुम्भ मेला यहाँ
विद्वान् बौद्धिक या वरिष्ठ जन को , होस् नित्य भेला यहाँ
होस् सम्पन्न विशाल पल्लव सभा , पुण्यात्म होऊन् सबै
एस्तो काव्य सभा रचेर ॠषि जी , धन्यात्म होऊन् सधैं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016