धरती बचाऔं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न हावा छ कतै स्वच्छ, न पानी पेय शीतल ।
जति उन्नत होस् मान्छे , आज खस्दैछ झन् तल ।।
 
रुख काटेर मान्छे ले , दु:ख को बिउ छर्दछ ।
सुख का लागि अर्का को ,अमूल्य प्राण हर्दछ ।।
 
जलमा ढल हाल्दैछ , बन्दै छ ऊ विनाशक ।
हावामा बिख फाल्दैछ ,माटो मा कीटनाशक ।।
 
बम विस्फोट ऊ गर्छ , सारा प्रकृति मार्दछ ।
जीत को स्वप्न ऊ देख्छ ,नराम्रो सँग हार्दछ ।।
 
बन्चरो ले स्वयं आफ्नो , पाउ हान्दै छ मानव ।
देवता बन्नुपर्ने ऊ ,आज बन्दै छ दानव ।।
 
आमा हुन् धरती भन्दै ,उसले हात जोड्नु छ ।
खाएको थाल नै छेड्ने , बानी यो छोड्नु पर्दछ ।।
 
प्रतिज्ञा गर्नु पर्ने छ , नदी नाला बचाउने ।
हरियाली बढाएर , धर्ती लाई सजाउने ।।
 
सृष्टि मै श्रेष्ठ हो मान्छे , चेतना को प्रकाश हो ।
बुद्ध ले ज्येष्ठ हो मान्छे , भावना को विकास हो ।।
 
श्रीगणेश हुनै पर्छ ,आफैं बाट सुकर्म को ।
बाल्नै पर्छ दियो आज, धर्म को मूल मर्म को ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016