धर्म आफ्नो नबिर्सूं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आफ्नो सच्चा , परिचय दिऊँ,शिल्प ले या कला ले ।
आँफैलाई , विजय म गरूँ , साधना-शृङ्खला ले ।।
मेरा पुर्खा , विकसित थिए , झन् म होऊँ विशेष !
मेरो ऊर्जा , कणकण बलोस् , त्यो नहोस् कत्ति शेष !!
 
चाहे आगो , किन म ननिलूँ , धर्म आफ्नो नबिर्सूं !
चाहे माटै , सँगसँग मिलूँ , कर्म आफ्नो नबिर्सूँ !!
साधी साधी , यम-नियम ले , चित्त आकाश पारूँ !
मैले फेर्ने , मधु - पवन मा , वीर को सास हालूँ !!
 
भावी पुस्ता , अघि अघि बढोस् , बात मेरा लिएर ।
केही गर्ने , नव सृजन का , हात मेरा लिएर ।।
यो धर्ती मा , युगयुग जिऊँ , भव्य सन्देश छाडी ।
स्वर्गै पाऊँ , तर म नलिऊँ , दिव्य यो देश छाडी ।।
 
जो जन्मन्छन्,यस अवनि मा,भिन्न अस्तित्व राख्छन् ।
जो देखिन्छन्,यस भुवन मा,भिन्न व्यक्तित्व बोक्छन् ।।
चम्पा हुन्नन् , कमल कहिल्यै , हुन्न बेली चमेली ।
मेरो बाटो,अति विकट होस् , हिँड्छु आगो म खेली ।
 
जाहीँ जाऊँ , प्रगति म गरूँ , किन्तु धर्ती नबिर्सूं !
ठूलो होऊँ , तर मुलुक का , गाउँ बस्ती नबिर्सूं !!
यो छाती का , सृजन र कला , देश का लागि अर्पूं !
जेजस्ता छन् , सुर लय गला , देश कै लागि अर्पूं !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016