न शूल मात्रै पनि जिन्दगी हो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

अनन्त छन् चोट म चर्चराएँ
म मेघ झैँ बर्षन गड्गडाएँ
पिएर पीडा म उठें जुरुक्क
देखेर आँधी म कहाँ डराएँ ?
 
न फूल मात्रै पनि जिन्दगी हो
न शूल मात्रै पनि जिन्दगी हो
सम्झी म आगो सरि भर्भराएँ
पुनः - पुनः आँत दह्रो गराएँ
 
यहाँ त बाढी पनि झेल्नु पर्छ
तूफान आँधी सँग खेल्नु पर्छ
म तप्त विद्युत् सरि चट्चटाएँ
टोकेर दाह्रा अझ कट्कटाएँ
 
यहाँ त औंसी पनि हुन्छ ठानेँ
र पूर्णमासी पनि हुन्छ मानें
उड्ने चरी भैकन फड्फडाएँ
म सिर्जना को गति झन् बढाएँ
 
नहोस् कतै जीवन लाश जस्तो
सुगन्ध ले हीन पलाँस जस्तो
छरेर बास्ना अझ हर्हराएँ
हावा वसन्ती सरि सर्सराएँ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016