नमस्ते गणेश
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिमी बुद्धि दाता तिमी सिद्धि दाता
तिमी नै त ब्रह्माण्ड का हौ विधाता
भनी प्रार्थना नित्य गर्छन् सुरेश
नमस्ते नमस्ते नमस्ते गणेश
 
तिमी तुष्टिकर्ता तिमी पुष्टिकर्ता
तिमी नै त हौ देवता विघ्नहर्ता
इनै शब्द ले गर्छु पूजा म शेष
नमस्ते नमस्ते नमस्ते गणेश
 
तिमी नित्य हौ तत्त्व हौ एक मात्र
तिमी ब्रह्म हौ सत्य हौ पूर्ण पात्र
तिमी बाट सिर्जिन्छ ब्रह्माण्ड - देश
नमस्ते नमस्ते नमस्ते गणेश
 
तिमी काल का काल हौ भन्छ शास्त्र
जगत् - सृष्टि का चाल हौ भन्छ शास्त्र
मुमा पार्वती हुन् बुबा हुन् महेश
नमस्ते नमस्ते नमस्ते गणेश
 
तिमी विष्णु हौ राम हौ वेद भन्छन्
तिमी कृष्ण हौ काम हौ वेद भन्छन्
तिमी मा सबै तत्त्व गर्छन् प्रवेश
नमस्ते नमस्ते नमस्ते गणेश

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016