नव वर्ष शुभकामना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

प्रगति का लटरम्म फलून् फल
अति विशिष्ट बनेर बितून् पल
पिर समस्त पियोस् नव वर्ष ले
सुख-समृद्धि दियोस् नव वर्ष ले
 
मुलुक उन्नति को गति मा बढोस्
मधुर शीतल वायु सधैं चलोस्
अतुल शान्ति छरोस् नव वर्ष ले
विपुल कान्ति भरोस् नव वर्ष ले
 
हर युवा-मन मा कि त देश होस्
नयन मा कि त स्वप्न विशेष होस्
कलह रोग हटून् नव वर्ष ले
सकल शोक कटून् नव वर्ष ले
 
मुलुकमा न कतै छलछाम होस्
न त कतै तिर बन्द र जाम होस्
नव उमङ्ग मिलोस् नव वर्ष ले
मधु तरङ्ग खिलोस् नव वर्ष ले
 
झलल यो मन बन्न सकोस् कि वा
सलल जीवन बग्न सकोस् कि वा
नवल - गीत खुलोस् नव वर्ष ले
प्रणय - प्रीत फुलोस् नव वर्ष ले
 
पहल होस् अब देश बनाउन
सृजन - शक्ति समस्त खन्याउन
विविध रङ्ग बहोस् नव वर्ष ले
मुलुक दङ्ग रहोस् नव वर्ष ले

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016