नसकेँ उज्यालिनँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

वर्षौं भयो खूब म यत्न गर्दछु
सञ्जाल मा अक्षर - रत्न छर्दछु
संसार लाई नसकें मजा दिन
सत् सिर्जना ले नसकें उज्यालिन
 
इच्छा छ लेख्ने अति नै मनोहर
लेखिन्छ खस्रो र कुरूप जर्जर
ती सिर्जना बाट दिएँ न चिन्तन
बन्नै सके ती न कुनै चिरन्तन
 
छन् साधना मा रत उच्च सर्जक
सञ्चेतना - बोध - विचार - बर्द्धक
तेस्तै हुने कोशिश मा म लागिनँ
वर्षौं बित्यो अन्तर देखि जागिनँ
 
छन् देश मा लेख्न अनेक बात छन्
छन् घात कैयौं प्रतिघात खात छन्
गर्ने मुटु - स्पर्श - विचार तानिनँ
साँचो भलो सुन्दर रच्न जानिनँ
 
कालो बजारी छलछाम का कथा
चोरी र जारी पथ जाम का व्यथा
छन् लूट लाखौं तर तथ्य छानिनँ
तेसै हुँदा सर्जक बन्न जानिनँ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016