नानी ! नरोऊ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नानी ! नरोऊ ल ल हाँसिहाल
सुनेर गाना अब नाचिहाल
म दिन्छु सब्जी बुबुमाम मीठो
हाँसी रमाईकन खाइहाल
 
लौ हेर ! मौरी पनि भुन्भुनायो
सङ्गीत मीठो पनि गुन्गुनायो
भन्छ्यौ भने ध्यान दिई म सुन्छु
मीठो कुनै गीत सुनाइहाल
 
नानी ! चरी को पनि चित्र लेख
राम्री परी को पनि चित्र लेख
मैले मुछेको अब दिन्छु माटो
हात्ती सँगै बाघ बनाइहाल
 
जानै छ विद्यालय पढ्न लाई
खेल्नै छ ठूलो हुन बढ्न लाई
जुत्ता कहाँ छन् कपडा कहाँ छन् ?
खोजेर ल्याऊ र लगाइहाल
 
लेख्ने कुरा छैन भने म दिन्छु
कापी नयाँ छैन भने म किन्छु
होला अबेला बस आइहाल्ला
किताब झोला तिर राखिहाल

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016