नारी ल हेर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छ पीडा र ज्वालामुखी भित्र भित्र
व्यथा - वेदना हेर ! कस्तो विचित्र
दियो झैँ बलेकी छ नारी ल हेर !
चुलो झैँ जलेकी छ नारी ल हेर !!
 
अहोरात्र ऊ काम मा जोतिएकी
धुलो ले हिलो ले छ ऊ पोतिएकी
फतक्कै गलेकी छ नारी ल हेर !
चुलो झैँ जलेकी छ नारी ल हेर !!
 
दिएकी छ आहार मीठो तथापि
गरेकी छ स्याहार राम्रो तथापि
मुढो झैँ ढलेकी छ नारी ल हेर !
दियो झैँ बलेकी छ नारी ल हेर !!
 
लगातार नेती मदानी बनेर
सधैं घोटिने जिन्दगानी बनेर
मही झैँ चलेकी छ नारी ल हेर !
दियो झैँ बलेकी छ नारी ल हेर !!
 
शयौं पीर निल्छे र मातृत्व दिन्छे
स्वयं प्रेम को उच्च नेतृत्व लिन्छे
न कैल्यै फलेकी छ नारी ल हेर !
चुलो झैँ जलेकी छ नारी ल हेर !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016