नारी उद्बोधन गीत
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नारी हो ! उठ्नेछौ , ज्वाला भै फुट्नेछौ ।
लड्नेछौ भिड्नेछौ ,पुण्यात्मा बन्नेछौ।।
नारी हो
जाग्नेछौ जुट्नेछौ,गर्नेछौ संघर्ष ।
गोली झैं छुट्नेछौ,बन्नेछौ दुर्धर्ष ।।
नारी हो !
बढ्नेछौ चढ्नेछौ,फोर्नेछौ चट्टान ।
यी डाँडाकाँडा नै,पार्नेछौ मैदान ।।
नारी हो !
आकाशे गङ्गा को, सज्नेछौ सोपान ।
वासन्ती शोभा को, रच्नेछौ उद्यान ।।
नारी हो !
यी पाखा पर्ती का,मूँगा या चाँदी नै ।
हौ नारी !धर्ती का, झञ्झा या आँधी नै !!
नारी हो !
नारी ले ऊर्जा को, धारा नै मोड्नेछौ।
सारा का आँखा को, तारा भै छोड्नेछौ ।।
नारी हो !
हे नारी ! लम्के है ! विद्युत् झैं चम्के है !
मायाँ को पानी ले ,यो धर्ती छम्के है !!
नारी हो !

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016