निर्वाण हुनु छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न ब्रह्मा ले सक्छन् , अतुल महिमा भन्न शिव को
न दुर्गा ले सक्छिन् , गुण र गरिमा गन्न शिव को
कहाँ मैले सक्ने , वर - विपुलता भन्न उनको ?
कहाँ मैले सक्ने , गुण - गहनता गन्न उनको ?
 
न ध्यानी ले भेटे , शिव - चरण को वास सहजै
न ज्ञानी ले मेटे , हृदयतल को प्यास सहजै
म के ले भेटूँ खै , शिव - चरण को वास अहिले ?
म के ले मेटूँ खै , हृदयतल को प्यास पहिले ?
 
बनूँ ज्ञानी आजै , त्रिपुरहर गङ्गाधर भनूँ
बनूँ ध्यानी आजै , हर हर उमाशङ्कर भनूँ
छ रित्तो यो आत्मा , तुषमय छ निर्माण हुनु छ
छ मैलो यो छाती , विषमय छ निर्वाण हुनु छ
 
इयत्ता खोज्छन् ती , श्रुति निगम ले देव शिव को
बिपत्ता भैदिन्छन् , गति यति नपाएर शिव को
म के खोजूँ सत्ता ,अगम शिव को किङ्कर न हुँ ?
म के पाऊँ पत्ता , गति मति विना को नर न हुँ ?
 
उनै कर्ता बन्छन् , सृजन पनि गर्छन् भुवन को
उनै हर्ता बन्छन् , हनन पनि गर्छन् भुवन को
उनै पोस्छन् पाल्छन् , हर किसिम का जीवन - तरु
उनै सोस्छन् खोस्छन् , मधुर - मन सन्तापनहरू
 
उनैमा लैजाऊँ , तन मन सँगै इन्द्रिय सब
उनैको भैजाऊँ , सुन - धन नहेरूँ प्रिय अब
गरूँ जे जे मैले , शिवमय बनून् काम जहिले
जहाँ जाऊँ शम्भो ! शिव ! शिव ! जपूँ नाम पहिले

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016