नुवाकोट जाँदा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

साँच्चै नुवाकोट विचित्र लाग्यो
सत्पुण्यदायी र पवित्र लाग्यो
चारैदिशा प्राकृत दृश्य रम्य
उस्तै छ काव्यात्मकता अगम्य
 
खोला र नाला वन कुञ्ज उस्तै
समाज का संस्कृति - पुञ्ज उस्तै
हेरौं जहाँ छन् ; रमणीय गाउँ
जाऔं जहाँ छन् ; स्मरणीय ठाउँ
 
असौज मा मौसम फेरिएको
आकाश मा बादल घेरिएको
यी नेत्र ले दृश्य छ हेरिएको
कवित्व ले चित्त छ बेरिएको
 
हिलो र मैलो पथ नै उकालो
खाल्डा र खुल्डी डगरै भिरालो
हिँड्दा सुके कण्ठ र तालु ओठ
पुग्यौं सबै सुन्दर बेलकोट
 
भए यहाँ वाचन काव्य - गीत
सम्पूर्ण माहोल बन्यो पुनीत
गम्भीर काव्योत्सव भैदियो यो
साहित्य को सङ्गम नै थियोे यो
 
यी ठाउँ नौला अनुभूति नौला
व्यक्तित्व नौला र विभूति नौला
सन्देश नौला परिवेश नौला
छन् काव्य भाषा अनि भेष नौला
 
अग्लो नुवाकोट तथा गढी मा
यो काव्य को वाचन को घडी मा
साथीत्व को प्रेमिल भावना छ
मीठो दशैं को शुभकामना छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016