नेत्र ले टिप्नु पर्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भयौं अस्ति हामी कसैको शिकार
लियौं दासता को विकारै विकार
न भित्तो बनायौं न पर्खाल लायौं
न पैह्रो गएको कुनै चाल पायौं
 
उता भासिएको पँधेरी छ हाम्रो
यता मासिएको मझेरी छ हाम्रो
पँधेरी बनेनन् मझेरी बनेनेन्
कसैले भगाऔं अँधेरी भनेनन्
 
छहारी दिंदै बोट फुल्ला र फल्ला
मीठो बासना वायु का साथ चल्ला
यही स्वप्न को वृक्ष सारेर हेर्यौं
सुरक्षा सँगै तार बारेर हेर्यौं
 
न बास्ना दिंदै बोट ले फुल्न थाल्यो
न हाँगामुना सुस्तरी झुल्न थाल्यो
सुनौलो उही स्वप्न को वृक्ष आज
कता हो कता , व्यर्थ मा भुल्न थाल्यो
 
छ मौका सयौं , नेत्र ले टिप्नु पर्छ
महान् कर्म को सूत्रमा खिप्नु पर्छ
छ यो देश बिग्रेर भत्की बसेको
सबै तर्फ सम्म्याउँदै लिप्नु पर्छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016